Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

यस्ताे छ फिल्म ‘कठपुतली’ को ट्रेलर

शुक्रबार, २४ मंसिर २०७८, कलीउड अपडेट.

आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ।  फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सकेनन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन्।

फिल्मका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गरेका थिए । फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।

त्यस्तै, कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् । नायक कर्माले हरर जनरामा यो फिल्मले एउटा इट्टा थप्नेमा विश्वास व्यक्त गरे । फिल्मको कथा बलियो भएकाले नै आफू आबद्ध भएको उनले बताए ।

लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले अहिलेसम्म हरर फिल्म समेत नहेरेको बताउँदै आफूलाई भुत प्रेतप्रति विश्वास रहेको बताइन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू