Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

कर्णालीको कथा बोकेको ‘बुलाकी’ को सुटिङ सम्पन्न

शनिबार, २५ मंसिर २०७८, कलीउड अपडेट.
कर्णाली प्रदेशको जनजीवन,रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको फिल्म ‘बुलाकी’ को छायाङ्कन सकिएको छ । तिहार लगत्तै डोल्पाबाट सुरु गरिएको फिल्मका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ । करिब एक महिना निरन्तर छायांकन गरि युनीट हालै राजधानी फर्किएको हो । 
मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल,रमेश बुढाथोकी, सरस्वती खत्री,सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतका कलाकारको अभिनय छ ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ को छायांकार शिब ढकाल हुन् । फिल्ममा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । निर्देशक सुनारले फिल्मको छायांकन निकै उत्कृष्ट तवरले गरिएको बताउदै बाँकी दुई गीत केही समयपछि खिचिने जानकारी दिएका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू