Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

फिल्म बनाउदै कान्तिपुर फिल्म एकेडेमि , ‘म’ को गरियाे शुभ साइत

सोमबार, २७ मंसिर २०७८, कलीउड अपडेट.
नेपालमा फिल्म सम्वन्धि अध्ययन गराउने अग्रणि स्कुल कान्तिपुर फिल्म एकेडेमिले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र म को शुभसाइत गरिएको छ । एकेडेमिको परिसरमा गरिएको शुभसाइतमा चलचित्रका मुख्य कलाकारको उपस्थिती रहेको थियो । चलचित्रको छायांकन यहि पुस १५ बाट सुरु हुने बताइएको छ ।  
समिक्षात्मक रुपमा सफल फिल्म ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्नेछन् । फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
 
त्यस्तै, फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । फिल्मको कथा अत्यन्त बलियो रहेको उनको भनाई छ ।  
नायक खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन् । उनले भने, ‘यो फिल्मले समाजभित्रको कथा भन्छ । फिल्म हेर्दा दर्शकहरुले आफ्नै कथा पाउनुहुनेछ । यसअर्थमा यो फिल्म समाजको ऐना हो ।’ अभिनेत्री लामिछानेले पनि फिल्मको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । फिल्ममा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ ।
 
सविन श्रेष्ठले भने यो फिल्म आफ्नो कमब्याक हुनसक्ने बताए । हलमा आफू अभिनीत फिल्म रिलिज भइरहे पनि ‘म’ मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनको भनाई छ । यस्तै, निराजन प्रधान र रुविना थापाले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए । रुविनाको यो तेस्रो फिल्म हो भने निराजनले यही फिल्मबाट लिड नायकको रुपमा डेब्यू गर्दैछन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू