Friday, Apr 19, 2024  |  शुक्रबार, ७ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

फेसन र मोडलिङको माध्यम बाट नेपाली ट्यालेन्टलाइ अन्तराष्ट्रिय स्तर सम्म पुर्याउन सक्रिय लामा

बिहीवार, ८ पौष २०७८, कलीउड अपडेट.
मोडलिङ तथा फेसनको क्षेत्रमा राजु लामा एक चिरपरिचित नाम हो । व्यूटि प्याजेन्ट तथा फेसन फेष्टीभल आयोजना गर्दै आएको ड्रिम सर्च एजेन्सीका कार्यकारी निर्देशक को रुपमा सक्रिय राजु लामाले धेरै इभेन्टलाइ सफलता पुर्वक सम्पन्न गरेका छन् । काठमाण्डौको धोबिधारा घर भएका लामा देश तथा बिदेशमा आयोजना भएका बिभिन्न इभेन्टमा नेपालको प्रतिनिधित्व गर्दै चर्चित मोडलहरुलाइ अन्तराष्ट्रिय र्याम्पमा सहभागि गराएका छन् । अन्तराष्ट्रिय स्तरमा हुने गरेका ति इभेन्टमा सहभागिता जनाउदै उनले बिभिन्न अवार्ड पनि हात पारेका छन् भने धेरै व्यूटि प्याजेन्टमा निर्णायकको भुमिका पनि निर्बाह गरेका छन् । 
सन २०१८ मा म्यानमारको याङगोनमा आयोजना भएको मिस्टर मोडल अफ द वल्र्ड २०१८ मा भिआइपि गेष्टको रुपमा नेपालको प्रनिनिधित्व गर्दै सहभागीता जनाएका थिए , यस्तै जुन २०१९ मा थाइल्याण्डको बैङ्कक मा आयोजना भएको थाइल्याण्ड इन्तरनेशनल फेसन फेष्टमा पनि स्पेशल गेष्टको रुपमा पुगेका थिए । 
किड्स एण्ड टिन फेसन रनवे २०१८ मा लामाले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने लामालाइ एच एण्ड एम फेसन रनवे २०१९ मा स्पेशल गेष्टको रुपमा सम्मानीत समेत गरिएको थियो । 
फेब्रुअरी २०२० मा सम्पन्न फेसन फेअर अवार्डमा लामालाइ  बेष्ट इभेन्ट सपोर्टर को अवार्ड दिइएको थियो । यी लगायत थुप्रै इभेन्ट सफल बनाउन उनले ठूलो भुमिका निर्बाह गरेका छन् । फेसन र मोडलिङको माध्यम बाट देश भित्रका ट्यालेन्टलाइ अन्तराष्ट्रिय स्तर सम्म पुर्याउन सदैव अग्रसर रहने लामा बताउछन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू