Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

गजल संग्रह 'गुनासो' अमेरीकामा एक भव्य कार्यक्रमका बिच बिमोचन

सोमबार, १२ पौष २०७८, कलीउड अपडेट.
साहित्यकार हरि उप्रेतीको साहित्यीक कृती गजल संग्रह गुनासो अमेरीकामा एक भव्य कार्यक्रमका बिच बिमोचन गरिएको छ । मातृभाषा संरक्षण समुह र कोलम्बस साहित्यिक मन्च को आयोजनामा गजल संग्रह गुनासो बिमोचन गरिएको हो । ओहायो राज्यमा भएको उक्त बिमोचन कार्यक्रमका सभापति को रुपमा साहित्यकार एवं गीतकार पूर्ण नरजाली जलन रहनु भएको थियो भने आर के उप्रेती प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । साथै कार्यक्रममा साहित्यकार गंगाराम लामीटारे , साहित्यकार धर्मेन्द्र तिम्सिना क्षितिज , गायक तथा संगीतकार अर्जुन रसाइली , गीतकार आर बि खड्का , गायीका सुचिता गुरुङ , शेखर कोइराला, बिबि पौडेल , अभिनास थापा , सुसन माझि , बिनोद उप्रेतीस् , आभास , श्याम गौतम , कमल सुवेदी लगायत थुप्रै साहित्यीक व्यक्तित्व एवं बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो । 
गीत र गजलको माध्यम बाट आफ्ना मनोभावना प्रस्तुत गर्दै आउनु भएका उप्रेतीको गुनासोलाइ उहाकै पिता गणेश उप्रेती , माता डम्बर कुमारी उप्रेती , ससुरा बुवा नारायण फूयाँल , सासुआमा नारायणी फूयाँलको हात बाट बिमोचन गरिएको थियो । ९० वटा गजल संग्रहित गजल संग्रह बिमाचन कार्यक्रममा बिभिन्न सर्जकहरुले रचना बाचन गरेका थिए भने कार्यक्रममा गुनासो कृतीका सर्जक हरि उप्रेतीको जिवन यात्रा एवं साहित्यीक योगदानको चर्चा गरिएको थियो । 
गजल संग्रह लाइ युनिभर्सल बुक्सले प्रकाशन गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू