Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी

मंगलवार, १७ फागुन २०७८, कलीउड अपडेट.
लामो प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा लभ,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ देखिन्छ । 
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अभिनेता बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत र निर्देशक बोहरा स्वयम् प्रस्तुत छन । सत्य घटनाबाट प्रभावीत फिल्मको अधिकांश छायांकन बेलायत गरिएको हो । महंगो बजेटमा निर्माण भएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । 
निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा,सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । कोरियोग्राफी भारतीय फिल्मका चर्चित कोरियोग्राफर बिष्णु देवाले गरेका छन् । अत्याधीक भिएफएक्स प्रबिधिको उपयोग गरिएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसार्इँ,विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेतका साथमा सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ । 
आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको सहायक निर्देशनमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ छन् भने मुख्य सहायक निर्देशक सुदीप कुँवर र एलिस अधिकारी हुन् । सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको फिल्मको सम्पादन मित्र डि.गुरुङले गरेका हुन । फिल्मको ट्रेलरले अहिले चर्चा पाइरहेको छ । केही दिनमै फिल्मको पहिलो गीत सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू