Thursday, Mar 28, 2024  |  बिहीवार, १५ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

हेल्लो जिन्दगी’ को 'झुम्के बुलाकी’ सार्वजनिक

आईतवार, १३ चैत्र २०७८, कलीउड अपडेट.
आगामी शुक्रबार अर्थात १८ चैत्रबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ बोलको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको गीतको शब्द र संगीत पनि राजनराजकै हो ।

बेलायतमा छायाङ्कन भएको गीतको भिडियोमा नायक विक्रम डि जोशी र नवअभिनेत्री विभिया श्रेष्ठका साथै विदेशी कोरस प्रयोग गरिएको छ ।  बेलायत र नेपालमा छायाङ्कन भएको ‘हेल्लो जिन्दगी’ एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन । निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा विक्रमका साथमा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, धु्रव दत्त, मनोज केसी,कुमुद पन्तलगायतको अभिनय छ ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा र सम्वाद रहेको फिल्म तथा गीत पुरुषोत्तम प्रधान र अल्बर्ट प्रसादले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गरेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि।गुरुङको सम्पादन छ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू