Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

पूजा र आकाश फेरि संगै

सोमबार, २८ चैत्र २०७८, कलीउड अपडेट.
पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशीत फिल्मको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको हो । दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो । 

०७९ को जेठ ६ गते प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन् । कार्यक्रममा निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । गायक,गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी गरे । फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरु निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे । 
अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउदा निकै खुशी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई कन्फर्ट लाग्ने बताउदै दर्शकले आफूहरुलाई यो फिल्ममा पुनः एकपटक संगै देख्न पाउने बताइन् । ‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ । दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ । त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ ।’ उनले फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको बताइन् । त्यसैगरी, अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने बिश्वास ब्यक्त गरे । कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरुले निकै मिहीनेतका साथ फिल्म बनाएकाले सबैको साथ,हौसला र मायाको आशा राखेको बताइन् । छायाँकार शिब ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत बिश्वस्त रहेको बताए । कोरियोग्राफर कमल राईले हरेक बर्गका दर्शकलाई यो फिल्म मन पर्ने दावी गरे । 
आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू