Thursday, Mar 28, 2024  |  बिहीवार, १५ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा

मंगलवार, १० जेष्ठ २०७९, कलीउड अपडेट.
अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए । उनीहरुले आइतबार यात्रा पूरा गरेका हुन् । 
साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त,सुशील प्रसाईं,मनोज श्रेष्ठ,प्रसिद्ध प्रधान,सुनील कार्की र लक्ष्मण गुरुङ छन् । यात्रा सुरु गरेको दिन (२० मे) मा बाटोमा भारी बर्षाको सामना गर्नु परेको अभिनेता जोशीले बताए । ‘पहिलो दिन बाटोमा वर्षा तथा हावाहुरीले निकै अबरोध गर्यो,’ उनले भने,‘तर पनि त्यो दिन करिब ८ घण्टा साइकिलिङ गर्यौं ।’ दोश्रो दिन भने निरन्तर १० घण्टा साइकल चलाएको उनले सुनाए । तेश्रो दिन अर्थात् २२ मेमा भने उनलाई केही समय साइकलले धोका दिएछ । ‘मेरो साइकल बिग्रीयो तर पनि प्रसिद्ध प्रधानजीले ठिक गर्नु भयो । हामी निर्धारित समयमै यात्रा पूरा गर्न सफल भयौ ।’ पेरिसबाट उनले भने ।
पाइडल घुमाउदै लण्डन ब्रिजबाट पेरिसको इफेल टावर पुगेको सो टोलीले लक्षित भन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा ५ हजार पाउन्ड संकलन गर्ने टार्गेट गरेका थियौं । तर हामीलाई ६ हजार पाउन्ड सहयोग जुटेको छ,’ जोशीले भने, ‘हाम्रो यात्राको उद्धेश्य थाह पाएपछि मान्छेहरु स्वस्र्फुत रुपमा सहयोग गर्न तयार भए । हामीलाई त्यसअबधिमा ११० जनाले रकम सहयोग गरेका छन् ।’
उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेले आयोजना गरेको साइकल यात्रा अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेका थिए भने अहिले त्यसमा ६ हजार  पाउण्ड थपीएको छ । जस्ट गिभिङ डटकम (वगकतनष्खष्लन।अयm० नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने ब्यवस्था मिलाइएको यात्राको सम्पूर्ण खर्च यात्री स्वयम्ले बेहोरेका थिए । आफुहरुले संकलन गरेको रकम छिट्टै नै चिल्ड्रेन्स् होमलाई हस्तान्तरण गरिने जानकारी उनले दिएका छन् । सन् २०१४ देखि संचालीत उक्त अनाथालयमा हाल २३ बालिका आश्रीत छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू