Monday, Aug 08, 2022  |  सोमबार, २३ श्रावन २०७९   |  नेपाली समय लोड हुदैछ...
गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा ​साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने ‘नालापानी’को मोशन पोस्टर रिलीज नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड

​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश

शनिबार, ४ आषाढ २०७९, कलीउड अपडेट.
चलचित्र सम्झना बिर्सनाको एक गीत सार्वजनिक गरिएको छ । यहि असार ३१ गते बाट प्रर्दशनमा आउने चलचित्र सम्झना बिर्सनाको सार्वजनिक गीतमा अर्जुन पोखरेलको शव्द एवं संगीत रहेको छ  भने गीतमा अन्जु पन्त र किरण गजमेरको आवाज रहेको छ । 
चलचित्रको गीतमा पुजा शर्मा र आकाश श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ , गीतलाइ रामजी लामिछानेले कोरियोग्राफि गरेका छन् । चलचित्र सम्झना बिर्सना को रिलिजको संघारमा छायांकन गरि यो गीत सार्वजनिक गरिएको हो । यो गीतले फिल्मको कथा बोक्ने निर्माण पक्षले जानकारी गराएको छ । 
शनिबार चलचित्र बिकाश बोर्डको हलमा आयोजीत उक्त कार्यक्रममा पुजा शर्मा र आकाश श्रेष्ठ उपस्थित भएका थिए । चलचित्रलाइ आदुत्य प्रधान र रेबिका प्रधानले निर्माण गरेका हुन् । चलचित्रका निर्देशक एवं लेखक निमेश प्रधान हुन् । चलचित्रमा आकाश पुजाको साथमा सुनिल थापा , शिशिर राणा तथा छुल्ठिम गुरुङको मुख्य भुमिका रहेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू