Wednesday, Apr 24, 2024  |  बुद्धबार, १२ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक

बिहीवार, ९ आषाढ २०७९, कलीउड अपडेट.
असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दीया मास्के, मनिष निरौला लगायतलाई प्रस्तुत गरिएको छ ।

माओवादी द्वन्द्ध कालको परिवेशमा निर्माण गरिएको चलचित्रलाई राजन कठेतले लेखेका हुन् । चलचित्रमा दीया, मनिषका अलावा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

चलचित्रको गत शुक्रबारमात्रै अमृत गुरुङको स्वरमा रहेको ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर पनि एक दुई दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । फरक कथामा निर्माण भएको चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू