Tuesday, Apr 23, 2024  |  मंगलवार, ११ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

निर्देशक दाहालले ल्याए 'छोराछोरी बिदेशी भूमिमा…'

आईतवार, १९ आषाढ २०७९, कलीउड अपडेट.
लामो समयदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक तथा गीतकार सुमन दाहाल त्यहाँ चलचित्र तथा म्युजिक भिडियो निर्माण निर्देशन, गीत लेखन, लोक दोहोरी कार्यक्रम सञ्चालनमा निकै व्यस्त छन् । यसै क्रममा उनले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी बिदेशी भूमिमा…को भिडियो यतिबेला दर्शकमाझ ल्याएका छन् । आफु ५ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेखेका छन् । गीतलाई बाल कलाकार जेनिस उप्रेतीले गाएका हुन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरिएको छ ।
गीतबारे निर्देशक तथा गीतकार सुमन दाहालले भने,‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरुले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’ गीतको भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकाश सुवेदीको प्राविधिक सहयोग, उत्सब उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो । भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरुलाई त्यहाँ रहेका बालबालिकाहरु सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोईराला, दर्शना कोईराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् । मुलत यो गीतमा छोराछोरी बिदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै बिदेशमै रहेकाहरुको नानीबाबु र उनीहरुको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू