Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने

शुक्रबार, ११ कार्तिक २०७९, कलीउड अपडेट.
नेपाली चलचित्रका चर्चित निर्देशक एवं कलाकार निश्चल बस्नेत आफ्नो सामाजिक सन्जालमा सामाजिक , राजनितिक एवं फिल्म क्षेत्रका बिभिन्न बिषयहरु पोष्ट तथा शेयर गरिरहन्छन् । नेपालको राजनिति युवाले लिनु पर्छ भन्दै उनि लामो समय अघि देखि सोसल मिडियामा लेख्दै आएका छन् ।  निर्देशक बस्नेतले भर्खरै मनिष झा को एक भिडियो सार्वजनिक गर्दै यस पटक समानुपातिक तर्फको भोट घण्टीलाइ भन्दै पोष्ट नै गरेका छन् । 
कुनै पनि कलाकारले यो चुनाव चिन्हमा भोट हाल्छु भनेर बिरलै भन्ने गरेका छन् । तर निश्चल बस्नेत भने खुलेरै राष्ट्रिय स्वतन्त्र पार्टीलाइ भोट हाल्छु भनेर सामाजिक सन्जालमा लेखेका छन् । 
फेसबुकमा स्टाटस लेख्दै निर्देशक बस्नेत लेख्छन् हो हामीलाई मनिष झा  जस्तो व्यक्ति र सोच लाई सदन मा पुर्याउनु छ । परवर्तन सम्भव छ । योग्य व्यक्तिलाई चुन्ने मौका यहि मंसिर ४ । समानुपातिक बाट “घण्टी“ चिन्हमा हो छाप लगाउने .... यस्तो मौका अर्को ५ वर्ष आउँदैन यदि यो पल्ट पनि पुरानै गल्ती फेरि गर्यौं भने ।
यस अघि पनि बस्नेतले बिसौ बर्ष सत्तामा बसेर पनि केहि नगर्नेलाइ भोट हालिन्न भनेर स्टाटस लेखेका थिए । पछिल्लो समय युवा पुस्तापनि  राजनितिमा आर्कषित हुदै आएका छन् भने मतदाता युवाहरु पनि युवालाइ नै छान्ने भन्दै आवाज उठाइरहेका छन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू