Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘नेपाली सिनेमा फेस्टिभल २०२३ युएई’ तयारीमा जुट्दै यूएइका नेपाली संघसस्था

बुद्धबार, २५ माघ २०७९, कलीउड अपडेट.
चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय व्यवस्थापनको जिम्मा एनआरएन युएईले लिएको छ भने सास्कृतिक कार्यक्रमको जिम्मा अन्तराष्ट्रिय कलाकार समाज( इनास) युएइ ले गरेको छ ।

कार्यक्रम व्यवस्थित गर्न एनआरएन युएईको सहकार्यमा अन्तर्राष्ट्रिय कलाकार समाज(इनास) युएई, नेपाली समाज युएई, नेपाल आदिवासी जनजाति महासंघ युएई, नेपाल पत्रकार महासंघ युएईलगायत युएईमा क्रियाशील नेपाली संघसंस्थाहरूको सहभागिता रहने गरी मूल आयोजक समिति निर्माण गरिएको अन्तर्राष्ट्रिय कलाकार समाज(इनास )युएईका अध्यक्ष एम. डी. बोहोराले जानकारी दिए । 
कार्यक्रमको पहिलो दिन युएईको देइरामा रहेको स्टार सिनेमामा कबड्डी कबड्डी– ४ फिल्म प्रदर्शन हुनेछ । दोस्रो दिन दुबईको होलिडे इन होटेलको सभा हलमा नेपाली सेलेब्रेटीहरूको सांस्कृतिक प्रस्तुतिहरू हुनेछ । जस्मा यस कार्यक्रमको दोस्रो दिनको सास्कृतिक कार्यक्रमको ब्वस्थापनको जिम्मा इनास युएईले गरेको छ ।

तेस्रो दिन बरदुबईको अस्कोट होटलमा समूह छलफल (प्यानल डिस्कसन) हुनेछ भने उक्त दिन नै दुबई सिटी भ्रमण पनि हुनेछ । कार्यक्रमको अन्तिम दिन पुनः देइरामा रहेको स्टार सिनेमामा ‘ऐना झ्यालको पुतली’ चलचित्रको प्रदर्शन हुने एनआरएन युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाले जानकारी दिए । 
कार्यक्रममा संकलन भएको रकमबाट युएईमा रहेर समस्यामा परेका नेपालीको सहयोगार्थ कोष स्थापना गरिने र उक्त कोषलाई युएईमा रहेका नेपाली संघसंस्थाको समन्वयमा सञ्चालन गरिने अध्यक्षको ढुंगानाको भनाई छ ।
कार्यक्रमका लागि नेपालबाट विभिन्न कलाकार, पत्रकारको जम्बो टोली युएई आउँदै छ । जसमा ऐना झ्यालको पुतली चलचित्रका प्रोड्युसर रामकृष्ण पोखरेल, भूषण दाहाल, भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, उपासना सिंह ठकुरी, ऋचा शर्मा, प्रशान्त ताम्राकार, नरेश भट्टराई, सन्दीप श्रेत्री, रवि ओड, नर्वदा लकन्दरी,  जिया केसी, राज कटुवाल, अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई, गोविन्द शाही, रामबाबु गुरुङ, प्रकाश सुवेदी, समीर बलामी, अनुप भट्टराई, विष्णु शर्मा लगायत करिब ४० जना सहभागी हुनेछन् ।

कार्यक्रम सफल बनाउन र युएईमा रहेका नेपालीलाई उपस्थित गराउन युएईमा क्रियाशील नेपाली संघसंस्थाले विभिन्न उपसमिति बनाएर तयारी गरिरहेका छन् । स्थानीय रूपमा व्यवस्थापनको जिम्मा लिएको एनआरएन युएईका महासचिव दीपक खड्काले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।  
चलचित्र विकास बोर्डको योजनाअनुसार आयोजित कार्यक्रमले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन नेपाल सिनेमा फेस्टिभलले ठूलो सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू