Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

दाङमा हुने बाल चलचित्र महोत्सवबारे छलफल

मंगलवार, ९ जेष्ठ २०८०, कलीउड अपडेट.
चलचित्र विकास बोर्डले आगामी असार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको लागि स्थानीयस्तरमा नै पुगेर छलफल गरेको छ । बोर्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर महतसहितको ४ जनाको टोली दाङ पुगेर महोत्सवको तयारीबारे स्थानीय सरोकारवालसँग छलफल गरेको छ ।

बालबालिकामाझ चलचित्रको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवृद्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको बोर्ड प्रवक्ता तथा महोत्सव संयोजक बुढाथोकीले बताउनुभयो । "महोत्सवका बालबालिका सम्बन्धी चेतना मुलक र प्रेरणादायी चलचित्रहरु प्रर्दशनी गरिनेछ । बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनीको लागि देशभरबाट बालबालिका सम्बन्धी चलचित्रहरु आह्वान गरिएको छ', उहाँले बताउनुभयो । साथै उहाँले बोर्डले दुरदराजसम्म फिल्मको सम्भावनाको खोजी गर्ने उद्देश्यले मोफसलमा महोत्सव आयोजना गर्न लागेको जिकिर गर्नुभयो ।

छलफलमा सहभागिले यो महोत्सवले बालबालिकालाई सन्देश मुलक शिक्षा दिने र उनीहरुको रचनात्मक विकासमा महत्चपूर्ण भूमिका खेल्ने बताउँदै सबैले आ-आफ्नो तवरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सो छलफलमा दाङ जिल्लाका वौद्धिक व्यक्तिहरु, कलाकार, साहित्यकार, सुरक्षाकर्मी, शिक्षाकर्मी, व्यवसायी तथा पत्रकारहरुको सहभागिता थियो ।

महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्नेछ । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुनेछ ।

महोत्सवमा चलचित्रहरुको प्रदर्शनी सँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवको दौरान 'बालबालिकासँग भुवन केसी' सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुनेछ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू