Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

अमेरिकाबाट निर्देशक सुमनले ल्याए तिमीलाई छाडी ..

शुक्रबार, १२ असोज २०८०, कलीउड अपडेट.

बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै...’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । यो आधुनिक गीतलाई प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् ।

निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् । प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ ।

भिडियोमा उनीहरुको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेश्रो र निश्माको यो दोश्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै...र यो जीवन मिठो...गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टीएर...गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् । तिमीलाई चाँडै गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू