चलचित्र निर्देशक तथा सम्पादक दशरथ गिरीले नेपालमै पहिलो पटक फरक प्रकृतिको नयाँ अनलाइन व्यवसायको सुरुवात गरेका छन् । पिटिइ वर्क नामको मोबाइल एप्स बाट पार्ट टाइम काम खोज्ने तथा दक्षता अनुसार पार्ट टाइम काम दिन सकिने भएको छ ।
फुर्सदको समयमा कसैले १ घण्टा काम गरेर पनि अब पैसा कमाउन सक्छ भन्ने अवधारणाले यस प्रकारको एप्सको सुरुवात गरेको गिरीले जानकारी दिएका छन् । नेपालमै पहिलो पटक यस प्रकारको काम खोज्ने तथा काम दिने एप्स बनेको पनि उनले दाबि गरेका छन् ।
पिटिइ वर्कस् नामको यस एप्समा काम खोज्नेले आफ्नो दक्षता अनुसारको प्रोफाइल बनाए काम दिनेले आफ्नो आवश्यकता अनुसारको व्यक्तिलाइ सिधै काम अफर गर्न सक्ने र पारिश्रमिक पनि त्यहि नै आपसि समझदारीमा निर्धारण गर्न सकिने व्यवस्था गरिएको छ ।
यो एप्स एन्ड्रोइड , आईओएस र वेबमा उपलव्ध रहेको पनि गिरिले जानकारी दिएका छन् ।