म्यूजिक भिडियो निर्देशकहरुको सस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजको तेश्रो साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । सस्थाकि अध्यक्ष बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो भने प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।
टोखा नगरपालीकामा अवस्थित भूतखेल सामुदायीक बनमा करिब १५० भन्दा बढि कलाप्रेमी व्यक्तिहरुको उपस्थितिमा उक्त बनभोज कार्यक्रम सम्पन्न भएको थियो । ख्याति प्राप्त कलाकार , निर्देशक ,समाजसेवी, पत्रकार हरुको बाक्लो उपस्थिति रहेको उक्त बनभोज कार्यक्रम यस सस्थाले पहिलो पटक आयोजना गरेको हो ।