Thursday, May 01, 2025  |  बिहीवार, १८ बैशाख २०८२   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

एपिक नेपाल म्युजिक अवार्ड चैत २ गते , वसुन्धरा भुसाललाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

सोमबार, ५ फागुन २०८१, कलीउड अपडेट.
पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड २०८१ आगामी चैत २ गते आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल निगु पुखु दुई पोखरीमा हुने अवार्ड समारोहबारे आयोजक एपिक नेपाल म्युजिक प्रा.ली.ले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । 

मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताए । उनले यस वर्षको अवार्ड प्रदानमा लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई प्रदान गरिने घोषणा गरे । पत्रकार सम्मेलनमा सदावहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरोको अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिने उनले बताए ।
प्रत्येक विधामा उत्कृष्ट पाँच जनाको नाम छनोट भएकामा अब सर्वोत्कृष्ट एकको छनोट गरी अवार्डका लागि सिफारिस गर्न पाँच जनाको निर्णायकमण्डल गठन गरेको श्रेष्ठले बताए । कलाकार मिथिला शर्माको नेतृत्वमा निर्देशक सुब्रत आचार्य, गायक चन्द्र शर्मा, निर्देशक प्रकाश भट्ट र गायिका प्राश्ना शाक्य रहेको निर्णायकमण्डल गठन गरिएको उनले बताए ।

निवर्तमान नगरप्रमुख श्रेष्ठले भने, ‘प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा अब दुई वर्षमा आयोजना गरिने भएको छ, छैटौँ संस्करणको अवार्ड वितरण २०८३ मा हुनेछ ।’ अवार्ड संयोजक बबिता श्रेष्ठले यसपटक पनि अवार्ड भब्य र सब्य तरिकाले सम्पन्न हुने जानकारी गराइन् । उनले त्यसका लागी बिभिन्न सहयोगी हातहरुलाई धन्यवाद दिइन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू