Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

पल्पसा क्याफे अब नाटकमा

बुद्धबार, १ बैशाख २०७८, कलीउड अपडेट.

पछिल्लो समयकीचर्चित अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा डेब्यु गर्ने भएकी छिन् । नारायण वाग्लेको चर्चित उपन्यासमा ‘पल्पसा क्याफे’मा आधारित रहेर सोही नाममा तयार भइरहेको नाटकबाट स्वस्तिमाले डेब्यु गर्न लागेकी हुन् । मंगलबार अनामनगरको मण्डला थिएटरमा आयोजित कार्यक्रममा यो सम्बन्धी जानकारी गराइयो ।

नाटकमा पल्पसाको चरित्र अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गर्दैछिन् । उनले नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच रहेको र यसै समयमा पल्पसा बन्ने प्रस्ताव आएकाले सहर्ष स्वीकारेको बताइन् । उनले पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोहीअनुसार तयारी गरिरहेको बताइन् ।

‘पल्पसा क्याफे’चाँडै नै उपन्यासबाट नाटकमा रुपान्तरण हुँदैछ । निर्देशकविमल सुवेदीले यसको नाट्य रुपान्तरण गरिरहेका छन् । यही नाटकको जानकारी दिने कार्यक्रममा उपस्थित हुँदै लेखक वाग्लले १५ वर्षपछि पनि उपन्यास आलो रहेको बताए ।  ‘मकैको अर्कै खेती’, ‘सान्दाजुको महाभारत’, ‘साबिती’आदि नाटक निर्देशन गरेकाविमल सुवेदीले दुई वर्ष अघि भएको एउटा निर्देशक वर्कसपमा द्वन्द्व सम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रुपान्तरण गर्न कस्सिएको बताए ।

थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ । कास्टिङ निर्देशक तथा सहायक निर्देशक दीलिप रानाभाटले नाटक सातै प्रदेशमा गर्ने योजना रहेको अवगत गराए । नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ । सुरज सुवेदीले उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू