Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा

बिहीवार, ९ बैशाख २०७८, कलीउड अपडेट.
कस्तुप पन्तको शब्द रचना र संगीत रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपको आज (बैशाख ९ गते) जन्मदिन समेत हो । उनले जन्मदिनको नजिकै यो गीत डिजिटल रिलीज गरेका थिए ।

 कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले नृत्य गरेका छन् ।

अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायांकन र रेशम दर्लामीको ड्रोन रहेको गीतको पोस्ट प्रोडक्सनको काम जनता डिजिटल फिल्मसमा भएको हो । संगीतकार पन्तको नाममा खोलिएको यूट्युब च्यानलमा सार्वजनिक भएको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । गीतको अडियो र भिडियो दुवैको प्रशंसा भएको छ ।

संगीतकार पन्तले गीतको भाकामा मौलिकता भेटिने बताए । गीतको बारेमा उनी भन्छन्, ‘हाम्रा बाउ बाजेले गाउने गरेको रोइलालाई अहिलेको चलनचल्तीका शब्दहरु र श्रृंगारिक शब्दहरु गीतमा प्रयोग गरिएको छ । यो गीतलाई पारिवारिक भन्न चाहन्छु ।’ उनले गीतको भिडियो ठूलो खर्चमा तयार भएको बताए ।

दर्शकहरुलाई नयाँ लागोस् भन्नका लागि गीतको भिडियोमा गायक र गायिकालाई अभिनय गराएको उनी बताउँछन् । लोक संगीत अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिएका कारण योे गीतले सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ । टिकटकलाई लक्षित गरेर पनि शब्दहरु प्रयोग गरिएकाले गीतलाई दर्शक/स्रोताहरुले रुचाएको उनले बताए ।
https://youtu.be/HwSHn1z7v1I

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू