Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

काठमाडौंमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सुरु

शनिबार, ११ बैशाख २०७८, कलीउड अपडेट.
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिसकेशनको आयोजनामा ​‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ (नाफ) शुक्रवारबाट काठमाडौंमा सुरु भएको छ ।    यो महोत्सबको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे । मन्त्री ज्ञवालीले यस्ता महोत्सबले नेपाल अफ्रिकाको सम्बन्ध सँधै राम्रो हुने बताए । यस्तो अबस्थामा पनि सामाजिक दुरी कायम गरेर नवौ वर्षदेखिको महोत्सबलाई निरन्तरता दिनु आयोजक संस्थाको सराहनीय कार्य भएको मन्त्री ज्ञवालीले बताए । विभिन्न अफ्रिकन मुलुकका सिनेमा खोजेर महोत्सब गर्नु पनि राम्रो भएको मन्त्री ज्ञवालीले बताए । नेपाली चलचित्र निर्माताहरुको मागलाई मध्यनजर राख्दै सरकारले विदेशमा रहेका नेपाली दुताबास मार्फत अन्तराष्ट्रिय नेपाली फिल्म महोत्सब आयोजना गर्ने योजना बनाईरहेको पनि मन्त्री ज्ञावलीले जनाए । 
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्री ज्ञवालीको भनाईलाई समर्थन गर्दै सरकारले बिदेशमा रहेका नेपाली दुतावास मार्फत चलचित्र महोत्सब गर्नेबारे आफुहरुले पहल गर्दै आएको जानकारी गराए । यस्तै नेपाल अफ्रिका चलचित्र महोत्सबसँग बोर्ड सुरु देखि नै जोडिएको र यस्तो महोत्सबले नेपाली चलचित्रको विकाशमा ठुलो मद्धत पुग्ने बताए । अहिले कोभिडका कारण सिनेमा हल बन्द भएकाले सरकारले बोर्डलाई आर्थिक सहयोग गर्नु पर्ने माग पनि उनले मन्त्रीसँग सो कार्यक्रममा राखे । याे फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ ।
 
परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन ‘नाफ’ ले सहयोग गर्ने विश्वास व्यक्त गरे । महोत्सवमा देखाइने फिल्मले अफ्रिकी मुलुकको भाषा तथा संस्कृति बुझ्न सघाउने उनको भनाई छ । नेपालको कला, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउन फेस्टिभलहरुको ठूलो भूमिका रहने भएकाले सरकारले यस विषयमा दूतावासहरुसँग छलफल गर्ने उनले आश्वासन दिए । 
यस महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले तीन दिने महोत्सवमा नेपाल र अफ्रिकाको फिल्म एवम् संस्कृतिको बारेमा बहस हुने जानकारी दिइन् । उनका अनुसार, फेस्टिभलमा कोभिडले नेपाली र अफ्रिकी फिल्म बजारमा पारेको प्रभावबारे पनि कार्यशाला हुनेछ । फेस्टिभलका निर्देशक तथा संचारकर्मी डब्बु क्षत्रीले महोत्सवमा नेपालबाट ७ वटा फिल्म चयन भएको जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू