Thursday, Mar 28, 2024  |  बिहीवार, १५ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

प्रविन बेडवालको स्वरमा रहेको गीत 'एउटै तस्विर' रिलीज

शुक्रबार, १७ बैशाख २०७८, कलीउड अपडेट.
हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत 'एउटै तस्विर' रिलीज भएको छ । यो गीतको अडियो तथा भिडियो मानस राज नामक यूट्युब च्यानलबाट रिलीज भएको हो । यो गीतका शब्दकार दिपेन्द्र के थापा हुन् । 
गीतको भिडियोमा संचारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भिम बिष्ट र मोडल पुनम गौतमको अभिनय रहेको छ । गीतको भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाईरहेका तीन उमेर समूहका पुरुषहरुलाई देखाईएको छ । संचारकर्मी डिसी हाल कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम तथा कान्तिपुर सिनेप्लेक्स टिभिका स्टेशन हेड हुन् । यस भिडियोका अभिनेता मानसको 'भाईरल भैदियो' बोलको गीत बहुचर्चित बनेको थियो भने अर्को गीत 'हिरो- भाईरल भैदियो २' लाई पनि लाखौंले हेरेका छन् । गायक भिमका गीतहरु 'मिनरल वाटर' तथा 'चम्चा पिलेट' चर्चित छन् । 
यो गीतको भिडियोको निर्देशन माईकल चन्दले गरेका छन् । भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन तथा कलर ग्रेडिंग शिलन लम्सालको रहेको छ ।
https://youtu.be/B_tW3UdaWeU

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू