Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल

मंगलवार, १५ आषाढ २०७८, कलीउड अपडेट.
जसले जे भने पनि नेपाली सिनेमालाइ अहिलेको अवस्था सम्म आइ पुग्ने केहि नगन्य व्यक्तित्वको हात रहेको छ । जस मध्ये महानायक राजेश हमाल , अभिनेत्री करिस्मा मानन्धर र सरोज खनालको योगदान अतुलनिय छ । नेपाली सिनेमाको एक कालखण्डमा यी तिन कलाकारको योगदान लाइ सधै सम्झिरहने गरिन्छ । 
यसै बिच सरोज खनाल ले एक छक्क पर्ने तथ्य सार्वजनिक गरे । फेसबुकमा एक स्टाटस लेख्दै सरोज खनालले राजेश हमाल , करिस्मा मानन्धर र आफू बिच भेटघाट त परेको कुरा बोलचाल नै नहुने बताएका छन् । उनले लेखेका छन् । 
कुनै बेला हामी तिन महानायक राजेश हमाल जि,महानायिका करिष्मा मानन्धर जि र म चलचित्रको छायांकनमा व्यस्तताको बाबजुद पनि बेलाबखत समय निकालेर भेटघाट गर्थेम , भलाकुसारी गर्थौ ...तर  आजको दिन फुर्सदै फुर्सद छ र पनि वर्षौं वर्ष हाम्रो भेटघाट त परै जावस बोलचालसम्म हुदैन, अरुले जस्तै फेसबुकमा मा शेयर गरेका फोटोमा लाइक र कमेन्टमै  मै सिमित छौ हामीपनि !     यस्तो किन हुन्छ ?
सरोज खनालको स्टाटसमा करिस्मा मानन्धरले सहि कुरा भन्दै सहमति जनाएकि छिन् । तर राजेश हमालले भने प्रतिकृया दिएका छैनन् । 
नेपाली सिने जगतका यी ३ स्तभ्भहरुको सम्वन्धमा तिक्तता आएकै हो , या सबै जना आ आफ्नो व्यवहारमा व्यस्त भएर हो या भनौ तँ भन्दा म ठूलो भन्ने भावनाले ले बोलचाल नभएको हो ? यी प्रश्नहरु आम दर्शकको मनमा भने उव्जीएका छन् । आशा गरौ यी तिन नायक नायीकाहरुको भेटघाट चाडै हुने छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू