Tuesday, Apr 23, 2024  |  मंगलवार, ११ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

बैंकिङ कसुरमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ

मंगलवार, २२ आषाढ २०७८, कलीउड अपडेट.

कलाकार तथा निर्देशक शिशिर शम्शेर राणा ठगि मुद्धा मा प्रकाउ गरेका छन् । बैंकिङ कसुरमा अदालतद्वारा दोषी ठहर भएका कलाकार तथा निर्देशक शिशिरशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुलीबजारबाट सोमबार पक्राउ गरेको हो । राणालाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । सीआईबीका अनुसार राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएका थिए । तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।
प्रोडक्सन म्यानेजरका रूपमा फिल्मक्षेत्रमा प्रवेश गरेका शिशिरले दुई दर्जन फिल्ममा काम गरेका छन् । ’अन्दाज’, ’वडा नम्बर छ’, ’क्लासिक’, ’वीर–विक्रम’, ’कायारा’, ’रामकहानी’, ’पोई प¥यो काले’ लगायत फिल्ममा उनले अभिनय गरेका छन् । 
केही फिल्मको कथासमेत लेखेका शिशिरले ’तिमी सँग’ र ’पोई प¥यो काले’को निर्देशन गरेका छन् । शिशिरले ’माला’ फिल्ममा लगानीसमेत गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू