Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कुमारी हल सधैंका लागि बन्द

मंगलवार, २२ आषाढ २०७८, कलीउड अपडेट.
कोरोना महामारीका कारण देशभरका हरेक क्षेत्र अस्तव्यस्त बनेका छन् । नेपाली सिनेमा क्षेत्रमा पनि कोरोना महामारीको कारण ठूलो क्षती भइरहेको छ । यसै बिच सिनेमा हलहरु बन्द हुने क्रम बढेको छ । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेको बताएका छन् । अव यस्तै अवस्था रहे अझै ३०÷४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा छन् । करौडौ लगानि गरेर खोलिएका सिनेमा घरहरु एक पछि अर्को गर्दै बन्द हुँदा हल सन्चालकलाइ प्रत्यक्ष असर त पर्छ नै सिनेमा निर्माण गर्ने निर्माता लाइ पनि पक्कै पर्छ । मोफसलसँगै राजधानीभित्र पनि एकपछि अर्को सिनेमा हल सधैंका लागि बन्द हुन थालेका छन् । क्यूएफएक्स चेन अन्र्तगतको  जय नेपाल हल लकडाउनपछि नै बन्द भएको थियो कुमारी हल पनि सधैंका लागि बन्द भएको छ । ३७ बर्ष देखि निरन्तर सन्चालमा भइरहेको कुमारी हल अव नखुल्ने गरि बन्द हुन लागेको हो ।  
शनिवारदेखि हलभित्र रहेका सबै सामानहरु हटाउन थालिएको छ । अब हल भएको भवन अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । फिल्मको च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका लागि पनि कुमारी हल अत्याधिक प्रयोग हुने गर्थ्यो । 
जय नेपाल र कुमारी हल सधैंका लागि बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ सिनेमा हल खोलेको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू