Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

NRNA अस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी

आईतवार, ३ श्रावन २०७८, कलीउड अपडेट.
केहि सिनेमा, केहि म्यूजिक भिडियोमा समेत अभिनय गरेका कलाकार शशांक बस्याल हाल अष्ट्रेलियामा बस्दै आएका छन् । अष्ट्रेलियामा फिल्म मेकिङको अध्ययन गर्दै आएका बस्याल पढाइ संग संगै बिभिन्न सास्कृतिक कार्यक्रम तथा अष्ट्रेलियामा हुने धेरै कार्यक्रम मा सहभागीता जनाउदै आएका छन् । 
यस पटक शशांक ले यहि जुलाइ ३१ मा हुन गइरहेको एनआरएनए को निर्बाचनमा आफूलाइ SCC Member (NSW) सदस्य  पदको लागि उम्मेदवारको रुपमा उभ्याएका छन् । युवापुस्ताको प्रतिनिधित्व गर्दै शशांक पद को लागी चुनावी मैदानमा प्रवेश गरेका हुन । नेपाल र नेपाली अनि नेपाली बिधार्थिको हक हितको लागी आफू सदैव सकारात्मक रुपमा अगाडि बढ्ने उनले बताएका छन् । बस्यालले नेपाललाइ एक पर्यटन गन्तव्यको रुपमा चिनाउन बिदेशि समुदायमा सहकार्य गर्ने , युवा बर्ग लक्षित गरि बिभिन्न कार्यक्रम सन्चान गर्न , नेपाली कला सस्कृतिलाइ विश्व समुदायमा चिनाउन तथा इन्टरनेश्नल स्टुडेन्टको लागी वर्कसप तथा जव ट्रेनिङको व्यवस्था गर्न आफ्नो समय खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
कला क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावमा होमिएका कलाकार शशांक बस्याल आफूलाइ अष्ट्रेलिया बासि नेपालीले साथ दिनुहुने मा विश्वस्त छन् र आफूलाइ मत दिन सम्पूर्ण अष्ट्रेलिया बासि नेपालीलाइ आग्रह समेत गरेका छन् । 
शशांकले सकुन्तला , चि मुसि चि सिनेमामा कलाकारको रुपमा काम गरेका थिए भने आधा दर्जन म्यूजिक भिडियो तथा अष्ट्रेलियन बिज्ञापनमा अभिनय गरिसकेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू