Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

चलचित्र कुईनेटोको ‘धर्ती आकाश’ सार्वजनिक

सोमबार, ४ श्रावन २०७८, कलीउड अपडेट.
नेपाली कथानक चलचित्र कुईनेटोको शिर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक भएको छ । मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुति रहेको चलचित्रको निर्माता कमला जोशी हुन भने निर्देशन तथा लेखन बहुप्रतिभाका धनी निर्देशक माधव राज खरेल हुन् ।चलचित्र हाल चलिरहेको कोभिड १९ को असर केही कम हुने वित्तिकै प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ । 
चलचित्रमा नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठ संगीत दिएका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनारले गरेका हुन् । हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सदभाव आदीलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर, शब्द तथा संगीत रहेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू