Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

३ मिनेटको भिडियो पठाउनुहोस् १ लाख जित्नुहोस

बिहीवार, १४ श्रावन २०७८, कलीउड अपडेट.
अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता ल्याएको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिषस्पर्धीले ३ मिनेटको हांस्यब्यङ एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ । प्रतिस्पर्धामा सहभागी हुने मध्येबाट उत्कृष्ट ३० छनौट गरिनेछ र उत्कृष्ट ३० ले निर्णायकले तोकेको बिषयमा ५ मिनेटको एकल प्रस्तुती पुनः पठाउनु पर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणी दवाडीले जानकारी दिएका छन् । यस गाईजात्रा कमेडी च्यालेन्जको पहिलो चरण निर्णायकहरुमा चलचित्र निर्देशक उदय सुव्वा , डकुमेन्ट्री एवं म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरे , चलचित्र निर्देशक सुमन दाहाल रहेका छन् भने दोश्रो अर्थात् फाइनल चरणको निर्णायकहरूमा बरिष्ठ हास्यव्यङ्गकार चट्याङ मास्टर , सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे , बरिष्ठ हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने रहेका छन् । हरेक महिना हरेक नयाँ प्रतियोगिता कार्यक्रम लिएर अगाडि बढ्दै आएको रेडियो अन्नपूर्ण नेपालले गत महिना एक लाख नगद पुरस्कार कै भानु कबिता महोत्सव आयोजना गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू