Friday, Apr 19, 2024  |  शुक्रबार, ७ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​चलचित्र चुरीफुरीबाट सह निर्माता शिव थापाले कैदी बन्दीहरुलाई बाडे तीजको कोसेली

शनिबार, १२ भाद्र २०७८, कलीउड अपडेट.
केन्द्रिय कारागार सुन्धारामा रहेका ३६० कैदीबन्दीहरुलाई चलचित्र चुरीफुरी युनिटले आज राहत स्वरुप तिजको कोसेली बितरन गरेको छ। बरिस्ठ समाजसेवी इन्दिरा राना मगरको संयोजनमा चलचित्रका सह निर्माता शिव थापा,सह निर्मात्री बिमला भुसाल तथा चलचित्र चुरीफुरीका निर्देशक ऋषिराज आचार्यले महिला कैदिबन्दीहरुलाई तीजको कोसेली स्वरुप चुरा ,टीका,काटा जस्ता शृङारका सामग्रीहरु वितरण गरेको हो। निर्देशक आचार्यले आफ्नो कारणले उनीहरुको मुहारमा उज्यालो देख्न पाउँदा निकै खुशी लागेको बताए।

त्यसैगरी सह निर्माता शिव थापाले आफू केही समय नेपालमा बस्दा यस्तो समाजसेवामा जोडिन पाउँदा समाजसेवी इन्दिरा राना मगरलाई धन्यवाद दिएका थिए। उनि कतारमा ब्यबसाय गरेर बस्छन् । यस युनिट्ले कोरोना महामारीले लकडाउन भएको समयमा पनि काम गरेर खान नपाएका मजदुर हरुलाई राहत बितरन गरेको थियोे । चलचित्र चुरीफुरीमा रबिन्द्र झा,शिशिर भन्डारी ,राजिब जङ बस्नेत ,अभिषेक श्रेष्ठ ,पुजा पन्त,सोना बज्राचार्य ,दिपक आचार्य (काकु) ,सुबोध गौतम (एदुमे) ,पबन खतिवडा (म्याकुरी) ,सुरबिर पन्डित,राजेन्द्र खाती,सुनिता श्रेष्ठ ,लक्ष्मी ढकाल (जोया) ,सरिस्मा मगर,अस्मिता गौतम आदि कलाकारहरुले अभिनय गरेका छन भने दिपक शर्माको संगीत ,भिमफेदी ग्रुपको कोरियोग्राफी रहेको छ। यसैगरी समीर आचार्य ,विस्व नेपाली ,बेनिशा पौडेलको स्वर रहेको छ। चलचित्रका सह निर्माता बिमला भुसाल ,राजेन्द्र खाती र शिव थापा मुख्य निर्माता ऋषिराज आचार्य र रिना ढकाल (भण्डारी ) रहेका छन। चलचित्र स्थिति सामान्य हुनासाथ रिलिज हुनेछ। 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू