Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

पुष १५ मा ‘कठपुतली’ रिलीज हुने

बिहीवार, ९ मंसिर २०७८, कलीउड अपडेट.
तिहारमा रिलिज भएको भारतिय चलचित्र सुर्यवंशिले नेपालमा आक्रामक बिजनेश गरे पछि नेपाली फिल्मका निर्माता निर्देशक एवं बितरक निर्माण भएर बसेका फिल्म चलाउन तातेका छन् यसै बिच नेपाली हरर फिल्म कठपुतली यहि आउने पुस १५ गतेलाइ प्रर्दशन मिति तय गरेको छ । 
तमु ल्होसारको सार्वजनिक विदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शनमा आउनेछ । सार्वजनिक विदामा फिल्म प्रदर्शन गर्न पाइने व्यवस्था छ । यसैले निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदालाई मध्यनजर गर्दै फिल्म प्रदर्शन गर्न लागेको हो । सम्पदा मल्लले लेखेको फिल्मका निर्देशक भिमसेन लामा हुन् ।
हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो ।  
पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन् । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । यो फिल्मका सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू