Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

ट्रेलरमा यस्तो छ ‘चुरीफुरी’ , शिशिर भण्डारी जग्गा दलाल !!

शनिबार, ११ मंसिर २०७८, कलीउड अपडेट.
समाज भित्रका देखिरहेका र भोगिरहका बिभिन्न बिषयमाथि हास्य शैलीमा निर्माण गरिएको चलचित्र ‘चुरीफुरी’ को ट्रेलरसार्वजनीक गरिएको छ ।  ऋषिराज आचार्यको लेखन,निर्माण र निर्र्देशनमा बनेको फिल्मको ट्रेलरमा बिदेश जान खोज्ने युवाको कथा साथ साथै समाजका बिभिन्न फरक फरक पात्रलाइ दर्शाइएको छ ।  
पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्री त्रय पूजा पन्त,सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्म राहुल राईले खिचेका हुन भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी छन् । 
केही समयअघि शीर्ष गीत सार्वजनीक गरिएको फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी छ । दीपक शर्माको संगीत रहेको फिल्ममा सुनीता श्रेष्ठ, ऋतु आचार्य,जोया ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य,सरिस्मा मगरलगायतको पनि अभिनय छ । डिसिएनले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत रहेको दावी निर्देशक आचार्यको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू