Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान

शनिबार, ११ मंसिर २०७८, कलीउड अपडेट.
एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो ।

आगामी माघको दोस्रो साता एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही मंसिर १० गतेवाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो ।

अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बाल गीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश शुवेदीका अनुसार अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिने छ । अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निवन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिने छ ।

यस्तै यही अंग्रेजी वर्ष भित्रमा बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिने आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले वताउनुभयो । गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागि निर्धारण गरिएको उहाँले जानकारी गराउनुभयो । ‘अवार्ड समारोहमा साहित्यक कृतिसँगै राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने छन्’, उहाँले भन्नुभयो ।

अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ । गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू