Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

'लैजाउला कान्छि' मा आर्यन र नम्रता

सोमबार, २८ चैत्र २०७८, कलीउड अपडेट.
लोकप्रिय गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’को भिडियो रिलीज भएको छ । यस गीतको भिडियोमा लोकप्रिय अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् ।
सार्वजनिक गीत ‘डान्सिंग प्याटर्न’मा रहेको छ । ‘डान्सिंग प्याटर्न’ गायक समालले बिरलै गाउने गीतको शैलिमा पर्छ । समाल सुगम संगीत तथा गजल गायनमा बढि लोकप्रिय भएता पनि यस प्रकारको गीतमा समेत उनको गायनकला उत्तिकै दमदार छ । संयुक्त राज्य अमेरिकामा सक्रिय नक्षत्र प्रोडक्शनको प्रस्तुती तथा लगानीमा तयार यस गीतका संगीतकार पुर्ण लामिछाने हुन् भने हरि सुजीको शब्द श्रृजना रहेको छ ।

अमेरिकाका शिक्षकहरूको प्रशंसा दिवसको अवसर पारी यो गीत र यसको भिडियो रिलीज गरिएको हो । दीपक एम सिंगको कोरियोग्राफी रहेको भिडियोका छायाँकार हरि हुमागाईं हुन् भने बिकास दाहालको सम्पादन तथा मनिषा पोखरेलको कला निर्देशन रहेको छ । नक्षत्र प्रोडक्शनको अफिसियल यूट्युब च्यानलबाट रिलीज भिडियोमा सुदिप सापकोटाको अतिथी भुमिकामा अभिनय रहेको छ । गीतका एरेन्जर आशिष अविरल हुन् ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू