Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनीक

बुद्धबार, ७ बैशाख २०७९, कलीउड अपडेट.
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । 
निमेष प्रधान निर्देशीत फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । 
जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,छुल्ठिम गुरुङ,शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले सघाएका छन् । 
दर्शकहरुले औधि मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ । अधिकांश दर्शकले उनीहरुलाई सँगै भएको हेर्न चाहेका छन् । सोही सन्दर्भमा केही दिनअघि सार्वजनीक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले पनि दर्शक स्रोताको मन जितिरहेको छ । ट्रेलरले त फ्यानहरुमा अझै खुशीयाली ल्याउने बिश्वास निर्माण पक्षको छ । पछिल्लो समय उनीहरु बीच सम्बन्ध चिसिएको हल्ला चलीरहेको छ । ट्रेलरमा पनि पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ,जुन कुरा उनीहरुको वास्तविक जीवनसँग मेल खान गएको छ । तर,कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गरेका छन् । 
आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू