Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न

बुद्धबार, १४ बैशाख २०७९, कलीउड अपडेट.
विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान–प्रदान’ कार्यक्रम गरेको छ । काठमाडौंको कान्तिपथमा एक विशेष सामारोहबीच मिलापले पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो ।
पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, रेडियो प्रसार सेवा विभाग समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको शुभारम्भ गायक तथा संगीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु....’ बाट गर्नुभएको थियो ।
समारोहमा टीका–गोपाल गीतसंगीत विशेष सम्मान–२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो भने मिलाप राष्ट्रिय व्यक्तित्व सम्मानबाट विशिष्ट कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, साहित्यकार राधा भण्डारीलाई सम्मान गरिएको थियो ।
यसैगरी सो समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार (हीरा), नायक तथा कलाकार विनोद श्रेष्ठ, सञ्चारकर्मी व्यवसायी शिरीषा पौडेल, गायक तथा संगीतकार आशिष अविरल, निर्माता समाजसेवी यमप्रसाद श्रेष्ठ, चरित्र अभिनेता राजेश विशुराल, समाजसेवी सुमी राई लिम्बू, गीतकार यमलाल कँडेल, संगीतकार कृष्ण भारद्वाज, गायिका रानी शाक्यलाई सम्मान गरिएको थियो ।
यस्तै सो कार्यक्रममा गीतकार कृट क्षेत्री, गायक सरगम राई, गीतकार भुवन शर्मा कँडेल, गीतकार समीर खान, गायक भुवन प्यासी, संगीतकार विशाल ढकाल, गायक अलिप खान, संगीतकार रमेश पाठक, गायिका मञ्जु कुमारी लावती, फिल्म तथा भिडियो सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भट्ट, अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, ध्वनि सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातलाई सम्मान गरिएको थियो ।
लायन हरि दाहाललाई मिलाप कभर हस्तान्तरसमेत प्रदान गरिएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ, मोहन निरौला, चुण्डामणि देवकोटा, प्रमुख अतिथि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायतले शुभकामना मन्तव्य राख्दै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो । मिलाप फाउण्डेशनकी अध्यक्ष तथा मिलापकी कार्यकारी सदस्य गीता अधिकारी संयोजक रहनुभएको कार्यक्रमको सहजीकरण दीप ज्योतिले गर्नुभएको थियो भने सभापतित्व मिलापका सम्पादक कृष्ण भुसालको रहेको थियो । समारोहमा प्रमुख अतिथिलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू