Monday, Aug 08, 2022  |  सोमबार, २३ श्रावन २०७९   |  नेपाली समय लोड हुदैछ...
गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा ​साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने ‘नालापानी’को मोशन पोस्टर रिलीज नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड

‘म’को सस्पेन्स-थ्रिलर टिजर सार्वजनिक

शनिबार, ४ आषाढ २०७९, कलीउड अपडेट.
   ‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा चलचित्र केही फरक बनेको हुनसक्ने देखिन्छ । एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ ।
     चलचित्र सम्बन्धि अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ । यो चलचित्रबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । उनीहरु कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको चलचित्रमा तेन्जीङ्ग पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ । कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरी क्रियटभ निर्माता रहेको चलचित्रका निर्माता विमला हुमागाईं र पदम पुरी हुन् । जीवन पराजुली मिडिया को-अर्डिनेटर, भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको चलचित्रलाई डिजिटल सिनेमा नेपाल (डिसिएन) र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू