Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड

बुद्धबार, ८ आषाढ २०७९, कलीउड अपडेट.
एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न  गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको छ । 
१६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित थुप्रै देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म बिधा अन्तर्गत अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिएका छन् । 
रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुदै आइरहेको फेस्टिवलमा आफ्नो फिल्मले अवार्ड जित्दा खुशी लागेको प्रतिक्रिया युके निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशीको छ । ‘आफ्नो मिहीनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा हर्षित छु,’ जोशी भन्छन्, ‘आगामी दिनमा अझ सुन्दर फिल्म अभिनय तथा निर्माण गर्न प्रोत्साहन मिलेको छ ।’
गत चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसाईं,बिक्रान्त बस्नेत,विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।  
युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । निर्देशक बोहराकै कथा,पटकथा रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म स्वदेशपछि अब बिदेशमा प्रदर्शनको तयारीमा छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू