Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ

शनिबार, ३२ आषाढ २०७९, कलीउड अपडेट.
 पछिल्लो समयको एक बहुप्रतिक्षित चलचित्र हो कृष्णलीला , यस चलचित्रका गीतलाइ श्रोता दर्शकले रुचाइसकेका छन् । चलचित्र कृष्ण लीलाको ट्रेलर पनि सार्वजनिक गरिएको छ । युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी,रोमान्स,लभ,सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ ।  
दीपक ओलीको निर्देशनमा बनेको फिल्म भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा उत्रदैछ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् । 

कृष्ण जन्माष्टमीको दिनमा दर्शकमाझ आउने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । रंगपत्रकार लक्ष्मण सुवेदी लिखित फिल्म पूर्वी नेपालको पाँचथर,इलाम,झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ ।
फिल्मका सार्वजनीक ‘कुनै दिन यस्तो पनि..’ र ‘ए मेरो हजुर..’ बोलका दुवै गीत हिट भएसँगै निर्माण पक्ष ‘कृष्ण–लीला’ प्रति निकै उत्साहीत देखिएको छ । प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारलाई तीव्रता दिएको यो फिल्मको कृष्ण र लीला अर्थात् अभिनेता पुष्प र अभिनेत्री श्रद्धाको जोडी पनि अहिले चर्चामा छ । फस्र्टलुक सार्वजनीक सँगै सबैको नजरमा परेको फिल्मले दर्शकको अधिक माया पाउने बिश्वास आम फिल्मकर्मीले गरेका छन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू