Wednesday, Dec 07, 2022  |  बुद्धबार, २१ मंसिर २०७९   |  नेपाली समय लोड हुदैछ...
कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा

अमेरीका बाट आयो सुमन र मन्जुको तिजको कोशेली

बिहीवार, १२ श्रावन २०७९, कलीउड अपडेट.

अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाईलीले अमेरिकाबाटै आफ्नो स्वरमा यो वर्षको तीजका लागि नयाँ तीज भाका रातो सारी लाउने हो...को भिडियो दर्शकमाझ ल्याएकी छिन् । यो गीतलाई उनले अमेरिकामै रेकर्ड गरेकी हुन् । यो तीज गीतमा मन्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन् ।  जसमा समुन कार्कीको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
यो गीतको भिडियो मँगलबार सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । गायिका मञ्जुले आफ्नो स्वरमा अमेरिकामा रेकर्ड गरेको यो गीतको मिक्सिङ नेपालमा गरिएको हो । यसपटकको तिजलाई लक्षित गरेर आफुले यो तीजभाका बजारमा ल्याएका मञ्जुले बताएकी छिन् ।
यो गीतको भिडियो पनि अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि  अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा यो गीतको भिडियो तयार गरेका हुन् । अमेरिकाका विभिन्न शहरमा बस्दै आएका दुई दर्जन नेपाली महिलाहरुले यो गीतमा नृत्य गरेका छन् । जसमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटा सहित विभिन्न महिला कलाकारहरुको नृत्य रहेको छ ।
निर्देशक दाहालका अनुसार यो भिडियोमा ल्याक्सिनटनबासी मात्र नभएर त्यहाँका विभिन्न राज्यबाट नेपाली महिलाहरु नाचेका छन् । शुशी केसी, नर्वदा खरेल, पार्वती बस्नेत, हिमा आचार्य, आशा जोशी, कल्पना केसी, ज्ञानु सापकोटा, पूजा साउद, रेखा राउत, सुस्मिता पौडेल, देवी दियाली, कमला कुवँर, भुमीनन्द रावत, गीता बिक, नविना खनाल, कुसुम गुरूङ, रूपा अर्याल, लीला भुर्तेल, लक्ष्मी भुसाल, दुर्गा कंडेल, प्रितम गोदार बोगटी, सपना क्षेत्रीको पनि भिडियोमा नृत्य रहेको छ ।
निर्देशक दाहालले भने, ‘हामीले यो गीतको रेकर्डिङ तथा भिडियो निर्माण अमेरिकामै गरेका हौं । तीज गीतमा सबैले रमाईलो गर्नु पर्छ भनेर विभिन्न शहरबाट यहाँ आएर नेपाली चेलीबेटीहरु नृत्यमा सहभागी हुनु भएको छ ।’ सुरेश राउतको सम्पादन रहेको यो तीज गीतको भिडियोमा अक्की शर्माको कोरियोग्राफी रहेको छ । गीतको सम्बादमा अभिनेत्री रोशनी केसी, कलाकार गोपाल ढकाल छन्दे र गायिका सफलता श्रेष्ठले स्वराँकन गरेका छन् ।  शान दियाली र रञ्जिता रसाईलीले भिडियो निर्माण गरेका हुन् ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू