Sunday, Feb 16, 2025  |  आईतवार, ४ फागुन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक

बिहीवार, १२ श्रावन २०७९, कलीउड अपडेट.
भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ ले अहिले निकै चर्चा पाइरहेको छ । फस्र्टलुक सार्वजनीक सँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समाबेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्..’ अत्याधीक सफल हुदै गर्दा निर्माण युनीटले अर्काे गीत सार्वजनीक गर्यो–‘ए मेरो हजुर..’ । ट्रेलरबाट समेत प्रतिक्षित बनेको फिल्मको यो गीत अहिले सर्वत्र गुन्जिरहेको छ ।
रबि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो समयमै सम्भवतः सर्वाधिक टिकटक बन्ने पाश्र्व गीतका रुपमा कहलिएको छ । एक महिनाअघि सार्वजनीक भएको गीतको ‘अटल वाचा गरें..’, ‘अघाउदैनन् कहिल्यै आँखा मेरा..’ र ‘मेरो ध्यान त्यतै तानीसक्यौ तिम्ले..’ बोलमा सेलिब्रेटीदेखि लिएर सर्वसाधरणलेसमेत अधिक मात्रामा टिकटक बनाएका छन् । अहिलेसम्म ती बोलमा चार लाख बढी टिकटक बनीसकेका छन् भने एक करोड भन्दा बढी भ्यु भइसकेको छ । 
गीतले टिकटकमा मात्रै होइन, युट्युवमा समेत दर्शकस्रोताले मन जितिरहेको छ । युट्युव च्यानल डिआर म्युजीक एण्ड क्रिएसनमार्फत सार्वजनीक गरिएको गीत अहिलेसम्म सवा १७ लाख पटक हेरिसकिएको छ । डा. डिआर उपाध्यायले लेखेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । बाबुल गिरीको संगीत,माइकल चन्दको कोरियोग्राफी,उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन गरेकोे गीत ५२ सय मिटर माथिको तिलिचो ताल क्षेत्रमा खिचिएको हो । यो गीतमा एक दिनमा चालिस हजार वटासम्म टिकटक बनेको जानकारी कोरियोग्राफर माइकलले दिएका छन् । उनका अनुसार टिकटक प्रयोगकर्ता मात्र होइन, सर्वसाधारणको जिव्रोमा समेत यो गीत झुण्डिएको छ । 

दीपक ओलीको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् । 
कृष्ण जन्माष्टमीको दिनमा प्रदर्शन हुने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । बरिष्ट रंगपत्रकार लक्ष्मण सुवेदीद्धारा लिखित फिल्म पाँचथर,इलाम,झापाका रमणीय स्थलमा छायांकन गरिएको हो । शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू