Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

१८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक

बुद्धबार, १८ श्रावन २०७९, कलीउड अपडेट.
नेपाली सहित १८ भाषा समेटेर तयार पारिएको एक राष्ट्रिय गीत सार्वजनिक गरिएको छ । केशब बैरागी माइलाको लेखन रहेको यस गीतलाइ यसै साता अमेरीकामा जिबिएलओ ले आयोजना गरिएको बृहत साहित्यीक अनुष्ठानमा सार्वजनिक गरिएको हो । उक्त अनुष्ठानमा सिक्किम का भुतपुर्व मन्त्री डा पवन चाम्लिङको मुख्य आतिथ्यमा गीत सार्वजनिक भएको हो ।
सार्वजनिक यस गीतलाइ प्रकाश तिमल्सिनाले आवाज दिएका छन् भने संगीत बिकाश चौधरीको रहेको छ । यस गीतमा नेपाली , चाइनिज , अरबिक , जर्मन , स्पानिस , इटालीयन , रसियन , बंगला , फिलिपिनो , डेनिस , पोर्तुगेस , स्विडिस , चेक , डच , जापानिज , हिन्दि र अंग्रेजी भाषा समेटिएको छ । 
गीतमा नेपालका सुन्दर प्राकृतिक सम्पदा , नेपालीको सस्कार सस्कृती , नेपालको इतिहास तथा नेपाल र नेपालीको पहिचान लाइ समेटिएको छ । गीतकार केशब बैरागी माइला लामो समय देखि अमेरीकामा बसेर नेपाली गीत लेखन एवं साहित्यीक सिर्जनामा सक्रिय रहिरहेका छन् । यस लिरिकल भिडियोलाइ हार्दिक मिडियाले तयार पारेको हो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू