साहित्यकार, गीतकार एवं गजलकार हरि उप्रेतिलाई ‘नेशनल आर्टिष्ट साहित्य सम्मान डायस्पोरा’ले सम्मानित गरिएको छ । साहित्य सरोवर मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको नेशनल आर्टिष्ट अवार्ड समारोह साहित्यकार तथा गजलकार हरि उप्रेतीलाई उक्त सम्मान अर्पण गरिएको हो ।
समारोहमा मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरूलाई अवार्ड प्रदान गरिएको थियो । सो समारोहमा ४० जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । काठमाण्डौमा आयोजीक उक्त कार्यक्रममा उप्रेतीलाइ सम्मानीत गरिएको हो । हरि उप्रेती अमेरीकामा बसेर पनि नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहदै आएका छन् । उप्रेतीले दर्जनौ गीत रेकर्ड गराइसकेका छन् भने केहि अडियो बुक तथा पछिल्लो समय गुनासो गजल संग्रह पनि प्रकाशन गरिएको थियो । नेपाली भाषा प्रतिको मोहले व्यस्त जिवनमा पनि गीत लेखन एवं साहित्यीक सिर्जना रचना गरिरहेका उप्रेतीले यस अघि पनि थुप्रै अवार्ड एवं सम्मान पाइसकेका थिए । हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ ।
उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण–२’ गीति एल्बम श्रोता÷दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । दर्जनौ चलचित्रमा गीत लेखिसकेका उप्रेतीले चाडै एकल भक्ति रचनामा भक्ति एल्बम “प्रभु वन्दना “ लिएर आउँदै छन।