Wednesday, Apr 24, 2024  |  बुद्धबार, १२ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

दिदी अधिकारीको 'म' कबिता

शनिबार, २८ श्रावन २०७९, कलीउड अपडेट.

म एउटा अनौठो मान्छे,धेरैसंग बिचार नमिल्ने मान्छे
म बॉड्गो मान्छे अनि म अप्ठेरो मान्छे।
हजुरहरुलाई लाग्न सक्ला,किन यस्तो भनेर
यसको जवाफ म आफैंलाई थाहा छैन
हजुरहरुलाई कसरी भनौ?
खै किन हो सबैले स्वर्ग भनेका ठाउमा म रमाउन सकिन
अरुलाई आहा लाग्ने चिजबिजहरु
मलाई फिक्का लाग्दछन
त्यसैले त लाग्छ म अनौठो मान्छे।

कहिले कहि मेरा दौतरीहरुसंग भेट हुन्छ
कुरा कानी हुन्छ देशको चर्चा हुन्छ
तर मेरा साथीहरु गिट्ठा खानु भन्दा त यहि बेस्ट भन्दछन्।
मेरो यिनै कुराहरुमा मन मिल्दैन
किनकि मलाई पाउरोटी भन्दा
गिट्ठा भ्याकुर नै सय गुणा उत्तम लाग्दछ
त्यसैले त म बांगो मान्छे।

यस्तो बिकसित मुलुक छ घर छ गाडी छ
आहा कति भाग्यमानी?
उता भएको भा यस्तो ऐस काहा पाउथिस र?
सबैले मलाई यस्तै प्रस्नहरु तेर्स्याउछन।
म निशब्द हुन्छु
यि प्रस्नहरुको उत्तर कसरी दिउ?
कोहि बुझ्न तैयार नै छैनन्
या बुझेर पनि नबुझे झै गरेका हुन।

मलाई यो बनावटी रमझम
पटक्कै मन पर्दैन
झक्झकाहट पराई आमा देखेर
म कसरी खुसी हुन सक्छु र?
मलाई त निन्याउरी झुत्री मेरी आमा नै प्यारो लाग्छ
त्यसैले धेरै मानीसहरुसंग मेरो बिचार मिल्दैन!!
म बाक्लो ढसनामा होइन
थोत्रे राडीमा मिठो निदाउन सक्छु
बनाटी खुसीमा होईन
म भित्रको दुखमा रमाउन सक्छु
म अर्काले फुलाएको फुलबारीमा रमाउन सक्दिन
मलाई त आफै माली बनेर
आफ्नै बारीमा फूल फुलाउन मन पर्छ।
त्यसैले त भनेको
म बांगो मान्छे
म अप्ठेरो मान्छे
धेरै संग मन नमिल्ने मान्छे
म बेग्लै मान्छे ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू