Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

एक दशक पछि जुर्मुरायो भुटान गजल मन्च , नयाँ कार्यसमिति गठन

शनिबार, ११ भाद्र २०७९, कलीउड अपडेट.

अमेरीकामा भुटान गजल मन्चको नयाँ कार्यसमिति गठन भएको छ । गत आइतबार अमेरीकाको पेन्सलभेनियामा पुरानो तदर्थ समिति बिगठन गरि नयाँ कार्यसमिति चयन गरिएकोहो ।साहित्यकार पातलो अन्तरेको संयोजकत्वमा निर्बाचन प्रकृया पुरा गरि  भुटान गजल मन्चको नयाँ कार्यसमिति गठन भएकाे हाे । नयाँ कार्यसमितिमा अध्यक्ष नेत्राचार्य कौडिन्य , उपाध्यक्ष पूर्ण नार्जाली , सचित धर्मेन्द्र तिम्सिना 'क्षितीज' , सहसचिव माया भट्टराई , कोषाध्यक्ष आरबि खड्का , प्रचार प्रसार समितिमा वेणु मैनाली 'इट्टाघरे' र अर्जुन प्रधान , सदस्यहरुमा शेखर कोइराला , पातलो अन्तरे , आभाष रिखाम , दिपेन ढुंगाना , अविनास भट्टराई र भिम गुरुङ गरि १३ सदस्य नयाँ कार्यसमितिमा रहनु भएको छ । 
सल्लाहकार समितिमा प्रमुख सल्लाहकारमा गंगा लामिटारे सहित डेन्जोम साम्पाङ , अर्जुन रसाइली , जय बान्तवा , त्रिबिक्रम न्यौपाने , केशव बैरागी , राज बराल , कर्ण गुरुङ , खेम रिजाल र सबिन शर्मा रहनु भएको छ । बि स २०६० सालमा स्थापना भएको भुटान गजल मन्च पुर्नबासको कारण तदर्थ समितिमै अल्झिएको थियो । लामाे  समय पछि भुटान गजल मन्चले नयाँ कार्यसमिति पाएको छ । 
नयाँ कार्यसमिति गठन लगत्तै बिभिन्न श्रष्टा बाट आ आफ्ना साहित्यीक रचना बाचन गर्नु भएको थियो भने पुस्तकहरुको चर्चा समेत गरीएको थियो । यस मन्चले अब नेपाली साहित्यलाइ अगाडि बढाउन निरन्तर कार्य गर्ने अध्यक्ष कौडिन्यले बताउनु भयो । यस्तै बिभिन्न ठाउमा छरिएर बस्नु भएका साहित्यप्रेमि गजलकारहरुलाइ मन्चमा समेट्ने सचिब धर्मेन्द्र तिम्सिना क्षितीजले जानकारी दिनु भयो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू