Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै

शनिबार, ८ असोज २०७९, कलीउड अपडेट.
पारिवारिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ ले शुक्रबारबाट मोफसल प्रचार यात्रा सुरु गर्दैछ । बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित तथा साकार पन्त निर्देशीत चलचित्रका मुख्य कलाकारहरु शुक्रबार बिहान १०ः३० बजे नेपालगंजस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गर्नेछन् । त्यसका लागि कलाकारको जम्बो टोलीले शुक्रबार बिहान काठमाडौबाट उडान भर्नेछ । 
प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रशारणलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ । करिब १२ बर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकहरुबाट सर्वाधिक माया पाएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ अहिले सोही नाममा ठूलो पर्दाको चलचित्रको रुपमा दर्शकमाझ आउदैछ । यसै सन्दर्भमा आफूहरुले आफ्ना प्रिय दर्शकहरुलाई प्रत्यक्ष भेट्ने चाहना स्वरुप ‘प्रमोशन टुर’ थालीएको निर्देशक साकारले जानकारी दिएका छन् । 
नेपालगंजपछि ‘हिजो आजका कुरा’ को जम्बो टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर–धरान,इटहरी र बिराटनगर पुग्ने छ । सेड्युल अनुसार शनिबार बिहान ११ बजे धरानको भाटभटेनी सुपरमार्केट, २ बजे इटहरीको भाटभटेनी सुपरमार्केट र साँझ ४ः३० बजे बिराटनगरको भाटभटेनी सुपरमार्केटमा यस चलचित्रका कलाकार सन्तोष पन्त,रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की,दिब्यदेव,बिनय कुइँकेल,अनुष्का अधिकारीलगायत निर्देशक साकार पन्तले दर्शकहरुसँग भलाकुसारी गर्नेछन् । चलचित्रको प्रशारप्रसारमा भाटभटेनी सुपरमार्केटले साथ दिएको छ । 
मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन,हेटौडालगायतका शहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा टे«लरबाट समेत दर्शकको ध्यान तान्न सफल चलचित्रमा नेपाली समाजको बर्तमान अबस्था,पारिवारिक आरोहअबरोह,नेपालीको बिदेश मोहलगायतका बिबिध समसामयिक बिषय उठान गरिएको छ । 
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त चलचित्रको बितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।   

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू