Sunday, Dec 03, 2023  |  आईतवार, १७ मंसिर २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद

आईतवार, २७ कार्तिक २०७९, कलीउड अपडेट.
राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नम्वर ३ की उम्मेदवार डा.तोसिमा कार्कीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई धन्यवाद दिएकी छिन् । शनिबार एक टेलिभिजन कार्यक्रममा सन्चारकर्मि प्रकाश सुवेदी संग कुराकानी गर्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फकी उम्मेदवार कार्कीले थपलियाको कारण देशभर आफ्नो प्रचार भएको भन्दै धन्यवाद दिएकी हुन् ।  कार्यक्रम प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘म त उहाँलाई धन्यवाद दिन चाहन्छु । ललितपुरमा मात्र चिनिन खोजेको थिएँ, उहाँले देशैभर चिनाइदिनुभयो ।’

कार्की लाभको पदमा कायमै रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर आयोगको उक्त निर्णयमा असहमति जनाउँदै तोसिमा सर्वोच्च अदालत गएकी थिइन् । सर्वोच्चले तोसिमाको उम्मेदवारी खारेज नगर्न आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश कुमार चुडालको एकल इजलासले नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा नियमित पारिश्रमिक वा आर्थिक लाभ लिएको मान्न नसकिने भनेको हो । आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको समेत परिभाषालाई आधार मानेर उम्मेदवारी खारेज गर्दा कार्कीलाई क्षति पुगेको सर्वोच्चको ठहर छ । कार्कीले उम्मेदवारी दर्ता गर्नुअघि नै काउन्सिलको सदस्य पद छोड्नुपर्ने वा नपर्ने विषयमा प्रष्ट पार्न निर्वाचन आयोगलाई पत्र लेखे पनि आयोगले समयमा जबाफ नदिएको दाबी गरेकी थिइन् ।

सर्वोच्चको आदेशपछि ललितपुर क्षेत्र नम्बर ३ मा तोलिसमाले प्रचारप्रसार तीव्र पारेकी छिन् । तर सर्वोच्चको अन्तिम फैसला भने आएको छैन । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीकी पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का र स्वतन्त्र पार्टीकी डा.तोसिमाबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सानै देखि कलाकारीतामा रुचि भएकि तोसिमा पछिल्लो समयको सर्वाधिक रुचाइएको फिल्म महापुरुषमा डाक्टरकै भुमिकामा अभिनय समेत गरेकि छिन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू