Sunday, Apr 02, 2023  |  आईतवार, १९ चैत्र २०७९   |  नेपाली समय लोड हुदैछ...
कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा

‘दिलमाया २’को विरगञ्जमा बिशेष शोको आयोजना

मंगलवार, १९ पौष २०७९, कलीउड अपडेट.
राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया २’को सोमबार विरगञ्जमा बिशेष शोको आयोजना गरिएको छ । आगामी चैत्र १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको विरगञ्जमा आयोजित बिशेष शोमा नेकपा एमालेमा प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।

सिनेमाको निर्माण टिम आइतबार बिशेष शोको लागि कलाकारसहित विरगञ्ज पुगेको थियो । मधेश प्रदेशको विरगञ्जस्थित त्रिमुर्ती हलमा सिनेमाको पहिलो बिशेष शोको आयोजना गरिएको हो । निर्देशक गिरीले देशकका विभिन्न शहरमा सिनेमा प्रदर्शन पूर्व बिशेष शोको आयोजना गर्ने तयारी भैरहेको बताए ।


राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमामा राजु गिरीको नै लेखन तथा निर्देशन रहेको छ ।

बिष्णु मिराकर र सुस्मिता खत्रीले खिचेको सिनेमामा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । सिनेमालाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू