Thursday, Mar 28, 2024  |  बिहीवार, १५ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

५ शहरको यात्रा गर्दै 'फूलबारी'

आईतवार, १५ माघ २०७९, कलीउड अपडेट.
चाडै नै रिलिज हुन लागेको चलचित्र ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्म प्रमोसन कार्यक्रमको आयोजक तथा व्यस्थापक पीभीइ नेटवर्कका अनुसार गत शुक्रबारदेखि बुटवलबाट सुरु प्रमोसन माघ २१ गतेसम्म चल्नेछ । यो समयावधिमा फिल्म युनिट पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन् । टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत छन् ।
गत शुक्रबार फिल्म युनिटले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजोन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा फिल्मको प्रमोसन गरेको थियो । कलाकारलाई कलेजका विद्यार्थीलाई फिल्मका गीतका तथा गायक कालीप्रसाद बासकोटाले गाएको फिल्मको गीत ‘माया रहेछ र’ गाएर स्वागत गरेका थिए ।
बुटवलकै गोलपार्कमा फिल्मकै थिममा आधारित रहेर तयार पारिएको स्टेजबाट कलाकारले दर्शकसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रमको सुरुवातमा कालीले ‘पारी त्यो डाँडा’, ‘जैले रिसाउने’ र फिल्मको गीत ‘माया रहेछ र’ सुनाएका थिए ।
कलेज र सार्वजनिक स्थानमा कार्यक्रमको कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थित थियो । मिट एण्ड ग्रिट चाहिँ द कन्सेप्ट बारमा गरिएको थियो । लामो समयपछि यो बार दर्शकले भरिएको थियो । फिल्म युनिटले आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।
फिल्मका निर्माता मनीष ढकालका अनुसार निश्चित सहरको उच्च जनसंख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ । ‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं । फिल्मले पब्लिक इभेन्ट अन्तर्गत मुख्य बजारको सडक छेउमा दैनिक रुपमा मानिसहरुको भीड हुने स्थानमा कार्यक्रम गरिनेछ’, निर्माता ढकाले भने, ‘त्यहाँ स्टेज निर्माण गरी फिल्मसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिनेछ । 
रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ । फिल्मले कसरी पुस्ता अन्तरले परिवारका सदस्यबीच समस्या सिर्जना गर्छ भन्ने देखाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू