Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

यदि मर्दैमा जिम्मेदारी सक्किने भए साला ! म पनि मरी दिन्थेँ : कर्ण गुरुङ (कबिता)

शुक्रबार, २० माघ २०७९, कलीउड अपडेट.
मर्दैमा जिम्मेदारी सक्किने भए
साला ! म पनि मरिदिन्थेँ
पिउँदैमा समस्याले छोड्ने भए
बेस्मारी ! म पनि पिएर हिन्थेँ
अरुलाई दोष देखाएर हुने भए
दोष थोपरेर म चुपचाप बसिदिन्थेँ
केही नगरी सफल हुने भए
साला ! सारा कर्म गर्न छोडिदिन्थेँ
यदि नहिँडी गन्तव्यमा पुग्दो हो त
उप्परखुट्टी लगाएर कुर्सीमा बस्थेँ
जीवन यति सजिलो हुँदो हो त
म सबै आफ्नै खुसीले गरिदिन्थेँ
अफूले भनेको जस्तो हुने भए
संसार म, म जस्तो बनाई दिन्थेँ
जे भन्यो, त्यो पुर्याई दिन्थेँ
अरु त जे जस्तो होला
भिकारीलाई पनि बादशाह बनाई दिन्थेँ
गरिबलाई धनी बनाई दिन्थेँ
दु:खीलाई खुसी बनाई दिन्थेँ
निन्याउरा ती अनुहारहरुमा
सधैँ सधैँ चमकले भरि दिन्थेँ
यदि केहि नगरी सबै कुरा बन्ने भए
केही नगरी चुप चाप बसी दिन्थेँ
साचै भनेको
यदि मर्दैमा जिम्मेदारी सक्किने भए
साला ! म पनि मरी दिन्थेँ

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू